Home शेयर बजार दुई ओटा जलविद्युत् कम्पनीसहित ४ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

दुई ओटा जलविद्युत् कम्पनीसहित ४ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

by अर्थन्यूज

काठमाडौं । दोहोरो अंकले बढीरहेको बजारमा बुधवार दुई ओटा जलविद्युत् कम्पनीसहित चार ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ ।

यो दिन जलविद्युत् लगानी तथा विकास कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड, आरएसडिसी लघुवित्त र कालिका पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

कारोबारको डेड घण्टाको अवधिसम्म जलविद्युत लगानी तथा विकास कम्पनीको ९ दशमलव ९७ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ३९७, चन्द्रागिरी हिल्सको ९ दशमलव ९५ प्रतिशतले बढेर अन्तिम मूल्य रू. १ हजार ८९०, आरएसडिसी लघुवित्तको ९ दशमलव ५८ प्रतिशत बढेर अन्तिम मूल्य रू. ९१५ र कालिका पावरको ९ दशमलव शून्य ६ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ३१३ कायम भएको छ । 

ती चार ओटै कम्पनीको शेयर खरीद चाप उच्च हुँदा शेयरमूल्य बढेको हो । उक्त अवधिसम्म नेप्से परिसूचक शून्य दशमलव ९८ प्रतिशत बढेर २ हजार ५५३ दशमलव ८० विन्दुमा पुगेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More