Home बैंकिङ आजदेखि खुल्यो एनसीसी बैंकको ३ अर्बको ऋणपत्र

आजदेखि खुल्यो एनसीसी बैंकको ३ अर्बको ऋणपत्र

by अर्थन्यूज

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले  आज (चैत्र १३ गते, शुक्रबार) बाट  ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ ।

बैंकले १० वर्ष अवधिकाे लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ऋणपत्र निष्कासन गरेको हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ११ लाख ४० हजार कित्ता, सामूहिक लगानी काेषका लागि ५ प्रतिशत अर्थात ६० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । 

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा छिटोमा चैत्र १८ गतेसम्म र ढिलोमा चैत्र २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More