Home आईपीओ माया खोला हाइड्रोपावरले २४ लाख कित्ता आईपीओ निष्कासन गर्दै

माया खोला हाइड्रोपावरले २४ लाख कित्ता आईपीओ निष्कासन गर्दै

by अर्थन्यूज

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनीले २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको छ । 

विक्री प्रबन्धक सम्बन्धी सम्झौता चैत १२ गते भएको हो । उक्त सम्झौतामा माया खोला हाइड्रोपावरको तर्फबाट कार्यकारी अध्यक्ष विजय मान शेरचन तथा प्रभु क्यापिटलको तर्फबाट प्रबन्धक सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।  

माया खोला हाइड्रोपावर कम्पनी संखुवासभा जिल्लाको र्धमदेवी नगरपालिका मा मायाखोलामा १४.९ मेगावाटको आयोृजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More