Home अपराध ललितपुर कुमारीपाटीको गुडविल सहकारीका अध्यक्ष भागेपछि २० जनाले दिए उजुरी

ललितपुर कुमारीपाटीको गुडविल सहकारीका अध्यक्ष भागेपछि २० जनाले दिए उजुरी

by अर्थन्यूज

ललितपुरको कुमारीपाटीस्थित गुडविल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ फरार भएपछि २० जना निषेपकर्ताले उजुरी दिएका छन् । पिडित श्यामबहादुर राईका अनुसार उजुरी दिने पिडितको संख्या थपिने क्रम सुरु भएको बताए । उनले भने,हामीले २० करोड रुपैयाँ वचत फिर्ता गर्न बाँकी बचतकर्ताले उजुरी दिएका छौं ।’
पिडित बचतकर्ताले ललितपुर महानगरको छाहालस्थित सहकारी शाखा,ललितपुर बचत तथा ऋण सहकारी संघ,जिल्ला प्रशासन कार्यालय महानगरिय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएका हुन् । सहकारीमा २ सय जनापिडित भेला भएको भए पनि अन्तिममा २० जानले मात्रै उजुरी दिएको उनले बताए । महानगरिय प्रहरी परिसर जावलाखेलका एक प्रहरीले पिडितहरुको उजुरी दिएको पुष्टी गरे ।

मंगलबार कार्यालयमा पुगेका पिडितहरु प्रतिव्यक्ति १ सय रुपैया उठाएर उजुरी दिन मान लेखाउदै थिए । उनीहरुले आफूहरु पनि उजुरी दिने क्रममा रहेको ललितपुर खबरलाई बताएका थिए ।
उजुरीकर्ताहरुका अनुसार सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई खोजी गरि पाउ भन्दै उजुरी दिएका हुन् । उनीहरुका अनुसार श्रेष्ठको सम्पती रोक्का गर्न माग गरिएको छैन । एक बचतकर्ताले अध्यक्षको सम्पत्ती रोक्का नगर्दा बेचविखन हुने र उच्च ओहोदाका व्यक्तिले बचत असुल उपर गरेपछि मात्रै पक्राउ हुने आशंका गरे । उनले भने, ‘ठूला मान्छेले उठाउलान् । साना बचतकर्ताको बचत उच्च जोखिममा छ ।’ पिडितहरुले संस्थाका अध्यक्ष खुला सिमानाको उपयोग गर्दै विदेश भाग्ने आशंका समेत गरेका छन् ।
ललितपुर छम्पीमा बस्ने राईका अनुसार सहकारीले चेक काटेको ५० प्रतिशत रकम मात्रै फिर्ता गर्न थालेपछि शंका लागेर छ लाख रुपैयाँ निकालेको बताए । उनले भने, अहिले ७७ हजार बाँकी छ ।’उनका अनुसार सहकारीमा १ महिनादेखि निक्षेप वचत फिर्ता गर्न सकेको छैन ।७ महिनाअघि ५ लाख बचत गरेकी विमला शाहीले १० लाख २ महिनाअघि मात्रै बचत गरेकी थिइन् । उनले भनिन्, ‘अनलाइन सञ्चारमाध्यहरुमा समाचार आएपछि मात्रै थाहा भयो । म ३ दिनअघि मात्रै सहकारीमा आए ।’
कर्मचारीहरुले सहकारीको अध्यक्ष दिवाकर श्रेष्ठ पैसा लगेको र उनी नआई पैसा दिन नसक्ने जवाफ दिएको शाहीले बताइन् ।
सहकारीमा कर्मचारीहरु भने दिनभर आएर बस्ने गरेको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए । उनले भने, ‘अध्यक्ष फरार भएपछि हामी नै पिडित छौं । हाम्रो आफ्नै पैसा फसेकोको छ । आफन्तको पैसा ल्याएर सहकारीमा राख्न लगायौं । अहिले हामी नै फसेका छौं । बजारबाट हामीले उठाएर ल्याएको पैसा फिर्ता गर्न छिन छिनमा फोन आउछ ।’ अघिपछि राती अवेरसम्म खुल्ने यो सहकारी दिनभर निक्षेपकर्ता आएर पैसा माग्न थालेपछि सोमबार २ बजे नै बन्द भएको थियो ।

कर्मचारीहरुले संस्थाको हिसावकिताबारे अनविज्ञ रहेको ती कर्मचारीको भनाई छ । उनी भन्छन्, ‘संचालक समितीलाई त संस्थाको हिसाव थाहा छैन । हामी काम गर्नेलाई के थाहा होस् ।’
सहकारीकै एक कर्मचारीले नयाँ सडक शाखाबाट २ अर्वभन्दा धेरै रकम अपचलन भएको आशंका गरे । उनले भने, ‘सहकारीमा गएर हेर्दा २२ करोड रुपैयाँ ऋणको कागज नै नभएको पाइयो । जम्मा ५ लाख ५० हजार रुपैयाँको कागज भेटिएको छ ।’
कुमारीपाटीको एक सहकारीमा काम गर्ने एक सहकारीकर्मीका अनुसार यस सहकारीबाट एकदेखि डेढअर्वसम्म हिनामिना भएको दावी गरे ।
ती सहकारीकर्मीले सहकारी सिस्टममा नचलेको कारण समस्या आएको बताए उनले भने,ऋण कहाँ कति लगानी भएको हो । त्यसको कुनै रेकर्ड छैन ।’
भने,‘ कार्यालयमा कागजात र रेकर्ड नभएपछि उजुरी दिएर अध्यक्षको सम्पत्ती रोक्का गर्न सक्ने अवस्था देखिदैन ।’
फागुन १७ गतेदेखि सहकारीमा समस्या आएको उनले बताए । उनले भने, ‘त्यसबेला चैत्र २ गतेबाट पैसा फिर्ता गर्ने आश्वासन पाएको थिए । सहकारीमा आउदा अध्यक्ष भागेको थाहा भयो ।’
उनका अनुसार १ बर्षअघिदेखि नै सहकारीमा समस्या आएको रहेछ । गम्भिर समस्या देखिएको चाही १ महिना भयो ।

अध्यक्ष फरार भएको जानकारी पाएपछि पिडितहरु सहभागी गराई ६ जनाको समिती बनाएर समस्या समाधानको कोसिस गरेको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बजगाईले बताए । उनले भने, ‘संघका तर्फबाट कोषध्यक्ष दिपक घिमिरेको घिमिरेलाई जिम्मेवामरी दिएर समस्या समाधान गर्न अघि बढेको छ ।’
सहकारीमा समस्या आएपछि कार्यालय खोल्न लगाएको अध्यक्ष बजगाईले बताए । उनका अनुसार सहकारीको हिसाव हिनामिना भएको विषयमा खोजी भइरहेको र वचतकर्ताहरुको पैसा सम्मानजनक फिर्ता गर्न पहल गरिएको छ ।उनले भने अध्यक्षलाई सम्पर्कमा ल्याएरसबैको पैसा तिर्दै जान वातावरण बनाउन संघ लागिपरेको छ । बजगाईले राज्य पुर्नसंरचना भएपछि नियमनकारी निकाय नभएकाले समस्या बढेको बताए । यो सहकारी बचत संघको सदस्य भए पनि सहकारी गतिविधिमा संलग्न नभएका उनको दावी थियो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More