Home आईपीओ ५ लाख ९४ हजारलाई पर्‍यो ज्योति लाईफको आईपीओ

५ लाख ९४ हजारलाई पर्‍यो ज्योति लाईफको आईपीओ

by अर्थन्यूज

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ)को शुक्रबार बाँडफाँड भएको छ ।

ज्योति लाईफको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे आईपीओ बाँडफाँड गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।

आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको छ ।

ज्योति लाइफको आईपीओमा लगानीका गरेका व्यक्तिले आईपीओ रिजल्ट आईपीओ निष्काशन गर्ने सम्बद्ध कम्पनी ज्योति लाइफ इन्स्योरेन्सको वेवसाइट, सिडिएस एण्ड क्लियरिङको ‘मेरो शेयर मोबाइल एप’ र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सक्नेछन् ।

आइपीओ रिजल्ट डट सीडीएससी डट कम डट एनपी पोर्टलमा पनि आइपीओ रिजल्ट हेर्न सकिनेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More