Home शेयर बजार २ हजार नाघ्यो चन्द्रागिरीको सेयर मूल्य

२ हजार नाघ्यो चन्द्रागिरीको सेयर मूल्य

by अर्थन्यूज

चन्द्रागिरी हिल्सको सेयर मूल्यले २ हजार रुपैयाँ पार गरेको छ ।बिहीबार चन्द्रागिरिको सेयर मूल्य प्रतिसेयर २ हजार ७९ रुपैयाँ पुगेको हो ।

बिहिबार सेयर बजारमा २१।२९ अंकको गिरावट आएको छ । यसदिन साढे ६ अर्ब बढीको सेयर कारोबार भएको छ । ट्रेडिङ, होटल तथा पर्यटन र लगानी समूहमा बढोत्तरी छ भने बाँकी सबै समूहमा गिरावट आएको छ ।

ट्रेडिङ समूह १७४.८८ अंकले वृद्धि भएको छ भने होटल्स तथा पर्यटन समूहमा १५४.०७ अंकको बढोत्तरी छ । लगानी समूहतर्फ १०३.७२ अंकको बृद्धि छ ।

कारोवार रकमको आधारमा आज नेपाल पूर्वाधार बैंकको सेयर कारोबार बढी छ । ९१ करोड रुपैयाँ भन्दा बढी कारोबार भएको निफ्राको सेयर मूल्य भने ६ सय १० रुपैयाँ पुगेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More