Home ऊर्जा र्रुद्रमति (धोबीखोला) मा बगाइयो मेलम्चीको पानी

र्रुद्रमति (धोबीखोला) मा बगाइयो मेलम्चीको पानी

by अर्थन्यूज

मेलम्चीको पानी आइतबारदेखि काठमाडौंका धारामा वितरण गरिने भएको छ । धारामा वितरण गर्नुअघि शुक्रबार मेलम्चीको पानी धोबीखोलामा खसालिएको छ।

शुक्रबार मेलम्चीको पानीलाई थोक वितरण प्रणालीको पाइपलाइन फ्लस गर्दै चावहिल नजिकैको धोबीखोलामा खसालिएको हो । मेलम्चीको पानी खसालेपछि धोबीखोलामा सङ्लो पानी बगेको जनाइएको छ ।

आइतबारदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीका घरघरका धारामा वितरण गर्ने तयारी छ । मेलम्चीको पानी वितरणको तयारी अन्तिम चरणमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए ।

‘आइतबार र सोमबार दैनिक चार करोड लिटर र त्यसपछि साढे ५ करोड लिटर पानी वितरण हुनेछ,’ सचिव बेल्बासेले भने, ‘आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।’

पूर्ण क्षमतामा सञ्चालन हुँदा मेलम्चीको पानी दैनिक १७ करोड लिटर भन्दा धेरै वितरण हुने बताइएको छ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More