Home बैंकिङ नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड

नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड

by अर्थन्यूज

नबिल बैंक लिमिटेडले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले बैंकलाई सो अवार्ड प्रदान गरिएको हो ।

कम्पनीको एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको अवार्ड नबिल बैंकले प्राप्त गरेको हो । बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरि व्यापक सदुपयोग गरि काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।

कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा. सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोहि छनौट समितिले नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड दिने निर्णय गरेको हो ।

बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।

कोरोना कहरका बीच पनि नबिल बैंकले ७ महिना बराबरको तलब बोनस दिएको थियो ।
नबिल बैंकले स्टार बैंकरहरु समेत जन्माइसकेको छ । बैंकका १ हजार एक सय २८ भन्दा बढि कर्मचारीहरु स्थायी रुपमा कार्यरत रहेका छन् ।

नबिल बैंकलाई यसअघि बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंकद्वारा पुरस्कृत गरेको थियो ।
हाल बैंकले ११९ शाखा र १८५ एटीएममार्फत सेवा दिँदै आएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More