Home विश्व मेलबर्नमा अप्रिल ८ तारिखबाट अन्तर्राष्ट्रिय उडान सुचारु गरिने

मेलबर्नमा अप्रिल ८ तारिखबाट अन्तर्राष्ट्रिय उडान सुचारु गरिने

by अर्थन्यूज

 अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आगामी ईष्टर विकेन्ड अर्थात् ८ अप्रिल पछि अन्तर्राष्ट्रिय उडानको आगमन सुरु गरिने भएको छ । गएको फेब्रुअरीमा होटल क्वारेन्टीनका कर्मचारीमार्फत समूदायमा कोरोना फैलिएपछि तेश्रो चरणको लकडाउन गरिएको थियो ।

त्यतिबेला बन्द गरिएको अन्तर्राष्ट्रिय उडान खोल्नुअघि भिक्टोरियाले क्वारेन्टीन संयन्त्रमा व्यापक सुधारका लागि छानविन गरेको थियो । उक्त छानविनबाट होटलका कोठाहरुमा रहेको हावा जाने भेन्टिलेशनबाट निस्कने हावा नै कोरोना फैलिनुको कारण भएको पाइएको थियो ।

यसैबीचमा यहाँ कार्यरत ४ हजार क्वारेन्टीन कर्मचारीहरुलाई कोभिड १९ कोरोना विरुद्धको खोप दिइसकिएको छ । उनीहरु दोश्रो डोजनका लागि प्रतिक्षारत छन् ।

आगामी ८ अप्रिलबाट सुरु हुने अन्तर्राष्ट्रिय उडानको आगमनमार्फत अष्ट्रेलियन नागरिक, पीआरधारी वा सरकारी अनुमति प्राप्त गरेका व्यक्तिहरु मात्रै आउन सक्नेछन् ।

सुरुमा साताको ८ सय यात्रीलाई ल्याइने र त्यो संख्या विस्तारै ११ सय २० पुर्याइने भएको छ । होटल क्वारेन्टीनका लागि तीन ठूला तारे होटल तयारी अवस्थामा राखिएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More