Home सुचना-प्रविधि वानप्लसको पहिलो स्मार्टवाच सार्वजनिक

वानप्लसको पहिलो स्मार्टवाच सार्वजनिक

by अर्थन्यूज

वानप्लसले मंगलबार वानप्लस ९ सिरिजमा तीन स्मार्टफोनका साथै पहिलाे स्मार्टवाच सार्वजनिक गरेकाे छ । कम्पनीले एकैपटक वानप्लस ९, वानप्लस ९ प्रो र वानप्लस ९ आर गरी तीन स्मार्टफोन सार्वजनिक गरेको हाे ।त्यस्तै १.३९ इच्न एचडी एमाेलेड डिस्प्लेका साथ कम्पनीले आफ्नो पहिलाे स्मार्टवाच सार्वजनिक गरेको छ । २.५ डी कर्भ्ड ग्लास प्रोटेक्सनका साथमा याे स्मार्टवाच आएकाे छ ।कल तथा एपमा आउने नोटिफिकेशन सिधै वाचमा आउने गरी ‘सिमलेस कनेक्सन’ का साथ याे वाच सार्वजनिक भएकाे छ । यसले वानप्लस टिभीका लागि रिमोट कन्ट्रोलरका रुपमा समेत काम गर्नेछ ।यतिसम्म कि वाचले निदाएको थाहा पाएर तपाईं सुतेको ३० मिनेटपछि आफैं टिभी बन्दसमेत गरिदिने छ । फिटनेशका लागि वानप्लस वाचमा ११० वर्कआउट मोड उपलब्ध छ ।त्यसमध्ये यसले जगिङ, रनिङजस्ता वर्कआउट आफैं डिटेक्ट गर्नेछ ।

यसका साथै स्वास्थ्यलाई केन्द्रित गर्दै वाचमा एसपीओ२ मनिटरिङ, स्ट्रेस डिटेक्सन, श्वास प्रश्वास, धड्कनको रेट पत्ता लगाउने लगायतका फिचर रहेका छन् ।४०५ एमएएच क्षमताको ब्याट्री रहेको वाच फुल चार्ज हुन मात्र २० मिनेट लाग्छ । भने, ५ मिनेट चार्ज गर्दा एक दिनभरी चल्ने कम्पनीले जनाएको छ ।विभिन्न कलर भेरियन्टमा उपलब्ध याे स्मार्टवाच नेपाली बजारमा पनि चाँडै उपलब्ध हुने अनुमान गरिएकाे छ । याे वाचकाे अन्तर्राष्ट्रिय बजार मूल्य १५९ डलर अर्थात् १८ हजार ५ सय रूपैयाँकाे हारहारीमा रहेकाे छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More