Home देश मौशमको प्रतिकुलताले ३ दिनदेखि उडान प्रभावित

मौशमको प्रतिकुलताले ३ दिनदेखि उडान प्रभावित

by अर्थन्यूज

प्रतिकूल मौसमका कारण त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान दुई दिनदेखि प्रभावित भएको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थललाई आधार बनाएर हुने आन्तरिक उडान शुक्रवार र शनिवार प्रभावित बनेका हुन् । विमानस्थलबाट बिहान अहिले यान्त्रिक पद्धति (आइएफआर)बाट मात्रै उडान भइरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार विमानस्थलमा भिजिबिलिटी कम हुँदा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ आईएफआर उडान मात्रै भइरहेको छ ।

शुक्रवार बिहान केही संख्यामा उडान भए पनि मध्याह्नपछि उडान प्रभावित भएको थियो । शुक्रवारका लागि तय भएका ११५ वटा उडानमध्ये २२ वटा रद्द भएका थिए । यस्तै शनिवार साँझसम्म आन्तरिक उडानको समय तालिका पाएकामध्ये ५० प्रतिशतभन्दा बढी उडान रद्द भएका छन् । विमानस्थल कार्यालयका अनुसार सो दिन आन्तरिक उडानका लागि ११४ वटा उडान रहेकोमा ५० भन्दा बढी उडान रद्द भएका हुन् ।

मुलुकमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभावका कारण उडानमा हुने भिजिबिलिटी कमजोर हुँदा दैनिक उडान प्रभावित हुन थालेका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हाल आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ हवाईसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएकामा अहिले कोभिड–१९ महामारीपछि अहिले १९ वायुसेवा कम्पनीले उडान सञ्चालन गरिरहेका छन् ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानांगले केही दिनदेखि वायुमण्डलमा देखिएको धूलो र नेपाल तथा भारतका केही स्थानमा लागेको डँढेलोको धूवाँले मौसम बिग्रिएको बताए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More