Home कर्पोरेट प्रज्वलजंग पाण्डे फार्मेसी काउन्सिलको अध्यक्षमा नियुक्त

प्रज्वलजंग पाण्डे फार्मेसी काउन्सिलको अध्यक्षमा नियुक्त

by अर्थन्यूज

नेपाल फार्मेसी काउन्सिलको अध्यक्ष पदमा प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको सिफारिसका आधारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको अध्यक्ष पदमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका काउन्सिलका अध्यक्ष केशवध्वज जोशी थिए । उनको चार बर्षे कार्यकाल १७ फागुनमा सकिएको थियो ।

जोशीको कार्यकाल सकिएपछि पाण्डे चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त भएका हुन् ।

यस्तै, काउन्सिलमा रिक्त सदस्यहरुमा अमृत थापा, निरज बर्तौला, निशान्तकुमार गुप्ता, महासागर ज्ञवाली नियुक्त भएका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More