दुई अर्ब रुपैयाँ बराबरको ठगी गरेर फरार रहेका ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन्।
गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि फरार भएका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले चितवनमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ गरेर श्रेष्ठलाई काठमाडौं ल्याएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनी १५/१६ दिनदेखि फरार थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments