Home फिचर नेप्सेमा नयाँ रेकर्ड, १४ कम्पनीको कारोवार सर्किट लेवलमा

नेप्सेमा नयाँ रेकर्ड, १४ कम्पनीको कारोवार सर्किट लेवलमा

by अर्थन्यूज

आज नेप्से परिसूचक १५ दशमलव ७२ अंकले बढेर २६७४ दशमलव ४७ अंकमा पुगेको छ। यो अंक हालसम्मकै उच्च हो। 

साताको तेस्रो दिन मंगलवार (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले अहिलेसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड  बनाएकाे छ ।

आज नेप्से परिसूचक १५ दशमलव ७२ अंकले बढेर २६७४ दशमलव ४७ अंकमा पुगेको छ। यो अंक हालसम्मकै उच्च हो। आज सेन्सेटिभ परिसूचक समेत ४ दशमलव ३५ अंकले बढेर ४७६ दशमलव २९ अंकमा पुगेको छ ।

आज कुल २१३ कम्पनीका ८१ हजार ५ सय ७८ कारोबारबाट १ करोड ६० लाख ६६ हजार ७ सय ४९ कित्ता शेयर किनबेच भएको छ। जसबाट कुल करोवार रकम ७ अर्ब ४५ करोड १२ लाख १४ हजार २४६ रुपैयाँ पुगेको छ। आज कारोवारको शीर्षस्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)  रहेको छ। त्यस्तै, क्रमश चिलिमे हाइड्राेपावर, अपर तामाकोशी, हिमालयन डिष्ट्रिलरी हिमालयन जनरल इन्स्योरेन्स कम्पनी सबैभन्दा बढी कारोवार भएका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More