नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ ।
कोष सञ्चालक समितिको चैत २१ गते बसेको २१३ औं बैठकले आव २०७६ ७७ को नाफाबाट शेयरधनीलाई कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कोषले चुक्ता पूँजी ३ अर्ब रुपैयाँको ९ प्रतिशतले हुन आउने २७ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ८ दशमलव ८९ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँ २६ पैसा नगद लाभांश वितरण गर्नेछ ।
प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

Facebook Comments