Home फिचर एनएलजी इन्स्योरेन्स र निर्देशक समाज बीच सम्झौता-चलचित्र निर्देशकहरुलाई सात लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सुविधा

एनएलजी इन्स्योरेन्स र निर्देशक समाज बीच सम्झौता-चलचित्र निर्देशकहरुलाई सात लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सुविधा

by अर्थन्यूज

नेपालका एक हजार भन्दा बढि निर्देशकहरुले अबदेखि दुर्घटना बीमा सुविधा पाउने भएका छन् । नेपाल चलचित्र निर्देशक समाज र एनएलजी इन्स्योरेन्स बीच बीमा सेवा सम्बन्धमा सम्झौता भएकोछ । हालै सम्पन्न नेपाल चलचित्र समाजको साधारणसभामार्फत एनएलजी इन्स्योरेन्स कम्पनीसँगको बीमा सेवा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । नेपाल चलचित्र निर्देशक समाजको नेतृत्वमा सो संस्थामा आबद्ध सबै निर्देशकहरुलाई दुर्घटना बीमा सुविधा प्रदान गर्न लागिएको हो ।

सम्झौता अनुसार नेपाल चलचित्र निर्देशक समाजमा आबद्ध एक हजार भन्दा बढि निर्देशकहरुले सात लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सेवा प्राप्त गर्नेछन् । चलचित्र निर्देशक समाजले सामूहिक रुपमा दुर्घटना बीमा गराउने सम्बन्धी सम्झौत गरेको हो । सो सम्बन्धी सम्झौता पत्रमा एनएलजी इन्स्योरेन्स कम्पनीका कर्पोरेट बिजनेश हेड अन्जन ढकाल र नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणाले हस्ताक्षर गरेका छन् ।

Rakshya Singh Rana & Anjan Dhakal

उक्त सम्झौतासँगै समाजमा आबद्ध एक हजार भन्दा बढि निर्देशकहरुले बढिमा सात लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सुविधा पाउने निर्देशक तथा बरिष्ठ कलाकार मोहन निरौलाले जानकारी दिए । चलचित्र निर्देशकहरु सुटिङको दौरानमा दैनिक जसो विभिन्न यात्राहरु गर्नुपर्ने हुँदा सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्न सम्झौता गरिएको चलचित्र निर्देशक समाजले जनाएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीका कर्पोरेट बिजनेश हेड ढकालले सम्झौतापछि नेपाली चलचित्र क्षेत्रका निर्देशकहरुसँगको सहकार्यले बीमा सम्बन्धी जनचेतना अझै बृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More