Home आईपीओ सिंगटी हाइड्रोको आईपीओ आज (शुक्रबार) ११ बजे बाँडफाँड हुने

सिंगटी हाइड्रोको आईपीओ आज (शुक्रबार) ११ बजे बाँडफाँड हुने

by अर्थन्यूज

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ः०० बजे आईपीओ बाँडफाँड हुने क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले चैत्र ६ गते शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिनसक्ने व्यवस्था रहको थियो । अन्तिम दिनसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार उच्च आवेदनका कारण १६ प्रतिशत अर्थात २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् भने ८४ प्रतिशत अर्थात १३ लाख ६० हजार आवेदकको हात खाली हुने देखिन्छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More