Home अर्थतन्त्र वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढ्यो

वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढ्यो

by अर्थन्यूज

लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ । यसअघि कर्जा प्रवाह बढी र निक्षेप सङ्कलन कम हुने गरेको थियो ।
नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैङ्कहरूको निक्षेप ह्वात्तै बढेको हो । कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैङ्कहरूमा एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको हो ।
पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैङ्कहरूलाई चैत महिनाको तेस्रो सातामा निक्षेप बढेपछि सहज भएको छ । कोरोनाका कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैङ्कहरूमा कर्जाको माग बढेपछि बैङ्कहरूमा पनि कर्जा विस्तार बढ्दो क्रममा थियो ।
नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन महिनाभर ४० अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैङ्कहरूले चैत महिनाको तेस्रो सातामा मात्रै ४० अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् । सोही अवधिमा बैङ्कहरूको कर्जा लगानी ३८ अर्ब रुपियाँमा सीमित रहेको छ ।
चैत महिनाको १३ गतेसम्ममा २४ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरी ५१ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका बैङ्कहरूले चैत महिनाको २० गतेसम्ममा ६४ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरी ८९ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका हुुन् । बैङ्कहरूले चैतको सुरुवाती दुुई साता २४ अर्ब रुपियाँ निक्षेप सङ्कलन गर्दा ५१ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैङ्कले फागुन मसान्तसम्म ३८ खर्ब २६ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका थिए । जुन चैत १३ गतेसम्म आइपुग्दा २४ अर्ब रुपियाँले बढेर ३८ खर्ब ५० अर्ब रुपियाँ पु¥याएका थिए । फागुन २८ गतेसम्म ३४ खर्ब १२ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका बैङ्कहरूले चैत १३ गतेसम्म आइपुग्दा ५१ अर्ब रुपियाँले बढाएर ३४ खर्ब ६२ अर्ब रुपियाँ पु¥याएका थिए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More