Home बैंकिङ बिदाका दिनमा कार्यालय खोल्नुपर्ने

बिदाका दिनमा कार्यालय खोल्नुपर्ने

by अर्थन्यूज

वर्षको चार महिना बैङ्क तथा वित्तीय संस्थाहरूले सार्वजनिक बिदा र अन्य बिदाका दिनमा पनि कार्यालय खोल्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले परिपत्र जारी गरेर असोज, पुस, चैत र असारमा सबै सार्वजनिक बिदाका दिनमा पनि कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।
यी महिनाका २५ गते र त्यसपछि मसान्तसम्म राजस्व सङ्कलन हुने भएकाले बैङ्कका शाखाहरू खोल्न राष्ट्र बैङ्कले निर्देशन दिएको हो ।
चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैङ्क तथा वित्तीय संस्था एवं नेपाल क्लियरिङ हाउस पूर्णकालीन रूपमा खुला गरी राजस्व बुझ्ने व्यवस्था गर्न र गराउन राष्ट्र बैङ्कले जारी गरेको परिपत्रमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More