Home फिचर यी हुन् विश्वका शीर्ष १० धनाढ्य व्यक्तिहरु

यी हुन् विश्वका शीर्ष १० धनाढ्य व्यक्तिहरु

by अर्थन्यूज

अमेजनका मालिक जेफ बेजोस संसारकै सर्वाधिक धनाढ्यको सूचीमा पुनः शीर्ष स्थानमा पुगेका छन् ।

फोर्ब्सको ३५ औं वार्षिक सूची अनुसार यस वर्ष बेजोसको कूल सम्पत्ति १८८.५ बिलियन अमेरिकी डलर पुगेको छ । उनको सम्पत्तिमा ११५ मिलियन डलर घट्दा पनि उनी शीर्ष स्थानमा नै पर्न सफल भएका छन् । गतवर्ष पनि उनी शीर्ष स्थानमा नै थिए ।

यस्तै, टेस्ला, स्पेसएक्सका मालिक ४९ वर्षीय एलन मस्क १६९.९ बिलियन डलरसहित दोस्रो स्थानमा रहेको छन् । यसवर्ष उनको सम्पत्तिमा ११६ मिलियन डलरको वृद्धि भएको छ ।

फ्रान्सका बर्नार्ड अर्नल्ट एण्ड फेमिली तेस्रो स्थानमा छन् । उनीहरुले पेरिसमा विलासी वस्तुको उत्पादन गर्ने गर्छन् । उनको कूल सम्पत्ति १६३.७ बिलियन डलर रहेको छ । यसवर्ष उनको सम्पत्तिमा १ बिलियन डलर थपिएको छ । बर्नार्ड ७२ वर्षका भए ।

यस्तै, माइक्रोसफ्टका मालिक बिल गेट्स १२९.२ बिलियन डलरसहित चौथो स्थानमा छन् । उनको यसवर्ष कूल सम्पत्तिमा १०५ मिलियन डलर घटेको छ ।

पाँचौं स्थानमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग रहेको छ । उनको कूल सम्पत्ति १११.६ बिलियन डलर रहेको छ । उनको सम्पत्ति पनि यसवर्ष ९५१ मिलियन डलर घटेको छ ।

कूल सम्पत्ति ९९.८ बिलियन डलरसहित बहुराष्ट्रिय कम्पनीका मालिक वारेन बुफेट छैटौं स्थानमा आसिन छन् । उनको सम्पत्तिमा ३४० मिलियन डलर थपिएको छ ।

यस्तै, ल्यारी एलिसन, ल्यारी पेज, सर्जे ब्रिन क्रमशः सातौं, आठौं र नवौं स्थानमा रहेका छन् । यो वर्ष यी तीनैजनाको सम्पत्ति घटेको छ ।

यस्तै, भारतका धनाढ्य मुकेश अम्बानी ७७.३ बिलियन डलरसहित यो सूचीको दशौं स्थानमा रहेका छन् । उनको कूल सम्पत्तिमा ३८८ मिलियन डलरको वृद्धि भएको छ । 

-एजेन्सीको सहयोगमा 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More