Home अर्थतन्त्र कुखुराको मासु अहिलेसम्मकै महँगो

कुखुराको मासु अहिलेसम्मकै महँगो

by अर्थन्यूज

पछिल्लो समय कुखुरा मासुको मूल्य अत्यधिक बढेको छ। बजारमा कुखुरा अभावका कारण मूल्य बढेको व्यवसायीहरू बताउँछन्।

देशमा बर्डफ्लु देखिएको र कुखुरा नष्ट गरिएकाले अभाव भएको उनीहरूको भनाइ छ। एकातिर कुखुरा अभाव, अर्कातिर मासुको माग बढेपछि मूल्य बढ्दै गएको भ्याली कोल्ड स्टोरका सञ्चालक हरिकृष्ण रावलले जानकारी दिए।

उनका अनुसार विगत २–३ दिनदेखि बजारमा कुखुराको मासु प्रतिकिलो चार सय १३ रूपैयाँ पुगेको छ।  कुखुरा मासु यति धेरै महँगो पहिलो पटक भएको उनको भनाइ छ।

‘कुखुराको मासुको भाउ अहिलेसम्म यति पुगेको थिएन, यति महँगो भएको पहिलो पटक हो,’ उनले भने।

व्यवसायीहरूले भनेझैं बर्डफ्लुकै कारण कुखुरा महँगिएको हो त? बर्डफ्लुले कति कुखुरा मरे? हामीले यसबारे पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकालसँग सोध्यौं।

ढकालले भने मासुको भाउ यति धेरै बढ्ने गरी बर्डफ्लु व्यापक नफैलिएको बताए। उनका अनुसार हालसम्म काठमाडौंको तारकेश्वर, ललितपुर, जाजरकोट र सुर्खेतमा मात्र बर्डफ्लु देखिएको छ।

पशुसेवा विभागले दिएको तथ्यांकअनुसार गत माघ १७ गते तारकेश्वरको वडा नं ७ फटुङका स्थानीयले पालेका १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरेको थियो।

त्यस्तै माघ २९ गते तारकेश्वर वडा १ का स्थानीयले पालेका १ हजार ४ सय २१ हाँस, ४२ स्थानीय कुखुरा, २६ अण्डा र ८ सय केजी दाना नष्ट गरियो। फागुन ६ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का किसानले पालेको स्थानीय कुखुरामा बर्डफ्लु देखिएको थियो। त्यहाँ २७९ कुखुरा, १०२ परेवा, २२ अण्डा, ३१ केजी दाना नष्ट गरिएको विभागको तथ्यांक छ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More