Home बैंकिङ सनराइज बैंकको ७४ औं शाखारहित बैंकिङ्ग सेवा ताप्लेजुङ्गको फक्ताङलुङमा

सनराइज बैंकको ७४ औं शाखारहित बैंकिङ्ग सेवा ताप्लेजुङ्गको फक्ताङलुङमा

by अर्थन्यूज

सनराइज बैंकले ताप्लेजुङ्गको फक्ताङलुङ गाउँपालिका वडा नं.–३, सिवामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७४ पुगेको छ ।

बैंकले खोलेको सो शाखारहित बैंकिङ्ग सेवाको ब्यवसाय प्रतिनिधिका रुपमा पदम बहादुर बुढाथोकीलार्ई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More