Home अपराध बीमा समितिद्वारा जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अग्रवाल निलम्वित

बीमा समितिद्वारा जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अग्रवाल निलम्वित

by अर्थन्यूज

बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका एक जना सञ्चालकलाई आज निलम्वन गरेको छ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई आजैका मितिबाट लागू हुने गरी सञ्चालकबाट निलम्वन गरेको हो ।

बीमा समितिले जारी गरेको लगानी निर्देशिका विपरित कार्य गरेको पुष्टि भएपछि निलम्वन गरिएको बीमा समितिले जनाएको छ । समितिले स्थलगत अवलोकनको क्रममा निज सञ्चालक अग्रवालले लगानी निर्देशिका विपरित कार्य गरेको पुष्टि भएकोले निलम्वन गरिएको हो । अग्रवाल २०७६ साउन २९ गतेको साधारणसभाबाट सञ्चालकमा नियुक्त भएका थिए । उनले लगानी निर्देशिका विपरित कार्य गरेको प्रमाण बीमा समितिले फेला पारेपछि निलम्वन गर्नु परेको जनाइएको छ ।

बीमा समितिले कुनै समय सीमा नतोकी सञ्चालक अग्रवाललाई निलम्वन गरिएको जनाएको छ । सञ्चालक अग्रवाल नेपाली शेयर बजारका खेलाडी समेत हुन् । उनीमाथि जनरल इन्स्योरेन्स कम्पनीसहितका अन्य कम्पनीहरुको सूचना बिक्री गर्ने गरेको आरोप समेत लाग्दै आएको थियो ।

जनरल इन्स्योरेन्स कम्पनीमा एक साताअघि स्थलगत निरिक्षण गरिएको सो कम्पनीका सूचना अधिकारी रामप्रसाद पौडेलले बीमा पोष्टलाई जानकारी दिए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More