Home बैंकिङ तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकको नाफा ५८ करोड ६१ लाख

तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकको नाफा ५८ करोड ६१ लाख

by अर्थन्यूज

कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५८ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। यो नाफा रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७२ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले २१ करोड ५४ लाख रुपैयाँ मात्र खुद नाफा गरो थियो ।

यस्तै बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २५.७३ प्रतिशत र ९५.०८ प्रतिशतले बृद्धि गरेको छ । खुद ब्याज आम्दानी १ अर्ब ७ करोड ७६ लाख रुपैयाँ र सञ्चालन नाफा ५९ करोड ७७ लाख रुपैयाँ पुर्याएको छ।

यो अवधीमा बैंकले ३९ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको जगेडा कोषमा ७७ करोड ६८ लाख रुपैयाँ छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More