Home आईपीओ सिइडिबी हाइड्रोपावरको आइपिओ बाँडफाँट

सिइडिबी हाइड्रोपावरको आइपिओ बाँडफाँट

by अर्थन्यूज

सिइडिबी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ।

बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपिओ बाँडफाँट गरेको हो। सो आइपिओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन्।  तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन्।

बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात रित्तो भएको छ। ४ हजार ४४२ वटा आवेदन रद्द भएको छ।

आवेदकले नतिजाआइपिओरिजल्ट डट् सिडिएससी डट कम डट एनपी बाट हेर्न सक्नेछन्। शुक्रबार साँझबाट मात्रै नतिजा हेर्न सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ छ भने प्रतिसेयर खुद सम्पत्ति १३८ रुपैयाँ ७९ पैसा छ। कम्पनीले यस आइपिओबाट प्राप्त गर्ने रकम ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजनामा लगाउनेछ।न्युनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि इच्छुक लगानीकर्ताहरुले बैशाख २१ गतेसम्म आवेदन दिएका थिए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More