Home फिचर निषेधाज्ञामा चम्किँदै सेयर बजार – नेप्से परिसूचक ५४ अंकले वृद्धि

निषेधाज्ञामा चम्किँदै सेयर बजार – नेप्से परिसूचक ५४ अंकले वृद्धि

by अर्थन्यूज

आइतबार नेप्से परिसूचक ५४ अंकले वृद्धि, १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार, परिसूचक र कारोबार रकम दुवैमा उछाल

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च विन्दुमा पुगेर बन्द भएको छ । परिसूचक ५४.२१ अंक वृद्धि भएर २७३८.३० विन्दुमा रोकिएको हो । आज कारोबार रमकमा पनि वृद्धि भएको छ । गत कारोबार दिन बिहीबार ७ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ । यस अघि फागुन ४ गते १० अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने माघ २६ गते पनि १० अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

२१४ कम्पनीको २ करोडभन्दा बढी कित्ता शेयर खरिद विक्री भएको छ । आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, एनसीसी बैंक लिमिटेड नेपाल इन्फ्रा इस्टक्चर बैंक (निफ्रा)को सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । पुनर्बीमाको ८५ करोड ७ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिद विक्री भएको छ । त्यस्तै एनसीसी बैंकको ३१ करोड ५७ लाख रुपैयाँभन्दा बढीको र निफ्राको २९ करोड ३६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

आज रु रु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएर ८८० रुपैयाँ कायम भएको छ । त्यस्तै अन्य ७ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि निर्जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक ४.२८ प्रतिशतले वृद्धि भएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More