Home बीमा नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक

नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक

by अर्थन्यूज

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधिक जीवन बीमा सार्वजनिक गरेको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बीमा योजना ल्याएको हो ।

यस बीमा योजना अन्तर्गगत बीमितले बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनश’ बीमा अवधि समाप्तिमा एकमुष्ट प्रदान गर्नेछ । बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट बीमालेखअन्तर्गत नपर्ने जोखिमहरु बाहेक बीमितको मृत्यु भएमा ‘बीमाङ्क रकम र आर्जित बोनश’ एकमुष्ट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा थप लिएको छ भने चालु बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम, दुर्घटना मृत्यु लाभ सुविधा वापतको बीमाङ्क रकम र आर्जित बोनश रकम’ एकमुष्ट भुक्तानी पाइनेछ । त्यसैगरी दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त सुविधा लिएको छ भने बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा ‘बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता’ मा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यस नौलो सुरक्षित जीवन बीमा योजना अन्तर्गत वार्षिक रुपमा बीमाशुल्क भुक्तान गर्दा कम्पनीले १ प्रतिशतसम्म छुट प्रदान गर्नेछ । बीमितको आवश्यकता तथा सुविधालाई मध्यनजर गर्दै यस बीमा योजनामा ३ वर्षको बीमाशुल्क भुक्तान गरी ३ वर्ष पुरा भइसकेपछि समर्पण मूल्य प्राप्त हुने तथा बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण सुविधा लिन सकिनेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More