Home फिचर सोमबार ९ अर्ब ५७ करोडको शेयर कारोबार,झण्डै १ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

सोमबार ९ अर्ब ५७ करोडको शेयर कारोबार,झण्डै १ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

by अर्थन्यूज

सोमबार पनि सेयर बजारमा नयाँ रेकर्ड बनेको छ। यस दिन बजारको परिसूचक नेप्से २०.७१ अंकले बढेर २७५९ अंकमा पुगेको छ। जुन अंक अहिलेसम्मकै उच्च हो।

सोमबार कारोबारमा आएका १३ समूह मध्ये पर्यटन तथा होटल, विकास बैंक र उत्पादन तथा प्रशोधन समूह बाहेक अरु सबै समूहको सूचक सकारात्मक छ । कारोबार पनि २ सय १८ कम्पनीको ९ अर्ब ५७ करोड ६३ लाख रुपैयाँको भएको छ। यो कारोबार रकम भने आइतबारको तुलनामा कम हो । आइतबार १० अर्ब ४० करोडको कारोबार भएको थियो ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भए यता शेयर कारोबार अनलाईन मार्फत भइरहेको छ । निषेधाज्ञाले लगानीका क्षेत्रहरु खुम्चिदा अधिकांश लगानीकर्ताहरु शेयर बजारमा आकर्षित भएकाले पनि कारोबार बढेको हो ।

यस्तै सोमबारको कारोबारमा सबैभन्दा धेरै हिस्सा नेपाल पुनर्बीमा कम्पनीको छ। कम्पनीको ६६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यो दिन रुरु जलविद्युत परियोजनाको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ। अघिल्लो दिन १० अर्ब ४० करोडको कारोबार भएकोमा यस दिन ९ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

होटल तथा पर्यटन समूह १२, उत्पादन ४३ र विकास बैंक समूह १ अंकमुनि रातो रहे। यीबाहेकका सबै समूह बढेका छन्।

बैंकिङ ९, ब्यापार ७, जलविद्युत ६८, फाइनान्स १२, निर्जीवन बीमा ३९, अन्य ५७, माइक्रोफाइनान्स १५ र जीवन बीमा समूह ११८ अंकले बढेका छन्।

यस दिन ११ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। रुरु जलविद्युत परियोजना, समता माइक्रोफाइनान्स, राधि विद्युत, कर्पोरेट डेभलपमेन्ट, प्रोग्रेसिभ फाइनान्स, गुराँस लघुवित्त, बरुण हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको हो।

घटेका कम्पनीको मूल्य गिरावट २ प्रतिशतभन्दा तल खुम्चिएको छ।  विशाल बजार कम्पनीको मूल्य १.९ प्रतिशतले घटेको छ।

पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ६६ करोडको सेयर किनबेच भयो भने मूल्य स्थिर रह्यो। नेपाल टेलिकमको ४२ करोड रुपैयाँ बराबरको कारोबार भयो भने मूल्य करिब ५ प्रतिशतले बढेर १४०४ रुपैयाँ पुगेको छ।

शिखर इन्स्योरेन्सको ३१ करोडको कारोबार हुँदा मूल्य ४ प्रतिशतले बढेर २२२० रुपैयाँ कायम भएको छ। अरुण काबेली र माथिल्लो तामाकोसी पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More