Home सुचना-प्रविधि टेलिकमले आजदेखि एचडी भ्वाइस सेवाको परीक्षण सुरु गर्यो

टेलिकमले आजदेखि एचडी भ्वाइस सेवाको परीक्षण सुरु गर्यो

by अर्थन्यूज

नेपाल टेलिकमले आजबाट फोरजीमा आधारित भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ । यो सेवाबाट फोरजी मोबाइलमा एचडी भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमको यो सेवा प्राप्त गर्न तपाईंको मोबाइल भिओ एलटीई सपोर्ट गर्ने खालको हुनुपर्छ । भिओ एलटिई सेवा प्राप्त गर्न मोबाइलमा ४४४ डायल गर्नुपर्छ । त्यसपछि आउने निर्देशनअनुसार यो सेवा एक्टिभ गराउन सकिने टेलिकमले जनाएको छ ।

यो प्रक्रिया पूरा गरेपछि तपाईंको मोबाइल सेटमा भिओ एलटिई एक्टिभ रहेको संकेत देखापर्छ । त्यसपछि १११ डायल भयो भने भिओ एलटिई सेवा उपयोग गर्न सकिन्छ । यो एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिन्छ ।

टेलिकमका अनुसार प्रिपेड र पोस्टपेड दुवै प्रकारका सिममा भिओ एलटिई सेवा प्राप्त हुन्छ । हाललाई सामसुङ, शाओमी र नोकिया ब्राण्डका निश्चित मोडेलहरुमा यो सेवा उपलब्ध हुने जानकारी दिइएको छ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More