Home अपराध एनआईसी बैंकको एटिएम तोडफोड गर्ने एक पक्राउ

एनआईसी बैंकको एटिएम तोडफोड गर्ने एक पक्राउ

by अर्थन्यूज

बुढीगंगा गाउँपालिका ३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका ९ घर भएका २४ वर्षीय मोईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त बैंकको एटिएम तोडफोड भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को ३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो. अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More