Home आईपीओ एचआईडिसीएलको हकप्रद साउन पहिलो साता

एचआईडिसीएलको हकप्रद साउन पहिलो साता

by अर्थन्यूज

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को हकप्रदमा आगामी साउन ५ देखि खुल्ने भएको छ । कम्पनीले सो दिनदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद जारी गर्न लागेको हो । ११ अर्ब रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी शतप्रतिशत हकप्रदपछि २२ अर्ब रुपैयाँ पुग्नेछ । हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि कम्पनीले गत जेठ २८ मा बुक क्लोज गरेको थियो । यससँगै जेठ २७ सम्म कायम भएका सेयरधनी मात्रै उक्त सेयरमा आवेदन दिन सक्नेछन ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस आइएस रेटिग प्रदान गरेको छ । जसले कम्पनी वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको जनाउँछ ।

 

facebook sharing buttonShare
Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More