Home पर्यटन अब अनलाइनबाटै हिमालयन एयरलाइन्सको टिकट बुक गर्न सकिने

अब अनलाइनबाटै हिमालयन एयरलाइन्सको टिकट बुक गर्न सकिने

by अर्थन्यूज

हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरू गरेको छ । योसँगै अब ग्राहकहरूले कम्पनीको बेवसाइटमा गएर अनलाइनमार्फत् एयरलाइन्सको टिकट बुकिङ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

अहिले यो सेवा आफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आईपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरिद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तैः उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाणपत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिनसक्ने छन् ।

एयरलाइन्सले सम्बन्धित अन्य सहायक सेवाहरू जस्तैः ब्यागेजको पूर्वबुकिङ, सिट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आगामी चरणहरूमार्फत् नवीनतम सेवा सुरू गर्ने योजना बनाएको जानकारी दिइएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More