Home विश्व अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा गूगल, ट्विटर र फेसबुकविरुद्ध मुद्दा दायर

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा गूगल, ट्विटर र फेसबुकविरुद्ध मुद्दा दायर

by अर्थन्यूज

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफू सेन्सरशीपबाट पीडित भएको दाबी गर्दै प्रविधिसम्बन्धी कम्पनीहरू गूगल, ट्विटर र फेसबुकविरुद्ध बुधवार फ्लोरिडास्थित संघीय अदालतमा मुद्दा दायर गरेका छन् ।

उनले मुद्दामा ती कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हरूलाई पनि विपक्षी बनाएका छन् । उनका समर्थकहरूको नेतृत्वमा अमेरिकी संसद्‌ द क्यापिटलमा दङ्गा भएपछि सुरक्षा चासोलाई ध्यानमा राख्दै ती कम्पनीहरुले उनको सामाजिक सञ्जालका खाताहरू निलम्बित गरेका थिए ।सम्वाददाताहरुसँग पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो कदमलाई अभिव्यक्ति स्वतन्त्रताका लागि असाध्यै राम्रो कदम भनी परिभाषित पनि गरेका छन् । साथै  उनले गलत सूचना प्रवाह गरेको भन्दै सामाजिक सञ्जाल कम्पनीहरू र डेमोक्र्याटहरूको आलोचना पनि गरेका छन् ।

अमेरिकामा भएको उक्त घटनाको सर्वत्र निन्दा भएपछि ती कम्पनीहरुले ट्रम्पको ट्विटर र फेसबुक खाता बन्द गरेका थिए । मुद्दामा आरोपित सेन्सरशीप रोक्न अदालतको आदेश माग गरिएको छ । तर दायर गरिएको मुद्दाप्रति लक्षित कुनै पनि प्रविधि कम्पनीहरूले हालसम्म प्रतिक्रिया भने दिएका छैनन् । बीबीसी

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More