Home अपराध इमाडोलका गणेशमान श्रेष्ठ बैकिङ्ग कसुरमा पक्राउ,१५ महिना जेल,५५ लाख जरिवाना

इमाडोलका गणेशमान श्रेष्ठ बैकिङ्ग कसुरमा पक्राउ,१५ महिना जेल,५५ लाख जरिवाना

by अर्थन्यूज

बैंकिङ कसूर मुद्दामा फराररहेका काठमाडौं महानगरपालिका–१० थापागाउँ बस्ने ललितरपुर महालक्ष्मी नगरपालिका ४ घर भएका ४९ वर्षीय गणेशमान श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले १५ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर लामाटारबाट फेला पारी पक्राउ गरेको हो ।
यसै मुद्दामा उच्च अदालत पाटनको २०७६ मंसिर २२ गतेको फैसलाले ७ दिन कैद र ५२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका ३१ शान्तिनगर बस्ने काठमाडौं १९ ढोकाटोल घर भएका ६३ वर्षीय महेन्द्र प्रसाद मिश्रलाई समेत मंगलबार नै प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट उनलाई पक्राउ गरेको हो ।
उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितहरूहरुलाई झुक्यानमा पारी माछापुच्छ्रे र सेन्चुरी बैंकका विभिन्न रकमका चेकहरु काटी दिई बैकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि काठमाडौं र ललितपुर जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More