Home यातायात बढ्यो इलेक्ट्रीक स्कुटरको वार्षिक कर, कारमा भने यथावत

बढ्यो इलेक्ट्रीक स्कुटरको वार्षिक कर, कारमा भने यथावत

by अर्थन्यूज

बागमती प्रदेश सरकारले विद्युतीय स्कुटर तथा मोटरसाइकलमा लाग्ने वार्षिक कर वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत विद्युतीय दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने कर वृद्धि गरेको हो ।

३५० वाटदेखि १००० वाटसम्म मोटर क्षमता रहेका स्कुटर तथा मोटरसाइकलको कर ५०० रुपैयाँले वृद्धि गरेको हो । अघिल्लो वर्ष यस्ता साधनले १ हजार ५०० रुपैयाँ वार्षिक कर तिर्नु पर्ने थियो । तर, यसपटक बढाएर २ हजार बनाइएको छ ।

त्यसैगरि १ हजार वाटदेखि १ हजार ५०० वाटसम्मका साधनमा पनि ५०० रुपैयाँले वृद्धि गरिएको छ । अघिल्लो आर्थिक वर्षमा २ हजार रुपैयाँ वार्षिक कर रहेकोमा चालु आवमा २ हजार ५०० रुपैयाँ बनाइएको छ । १५०० वाटभन्दा माथि क्षमता भएका मोटरसाइकल तथा स्कुटरको दर भने ३ हजार कायम गरिएको छ । यसमा कुनै परिवर्तन गरिएको छैन ।

कारको करमा भएन परिवर्तन

संघीय सरकारले विद्युतीय कारमा करका दर परिमार्जन गरेको भए पनि बागमती प्रदेश सरकारले विद्युतीय कारमा लाग्ने वार्षिक करमा परिवर्तन गरेन । धेरैले वार्षिक कर घट्ने अनुमान गरेका थिए ।

अब वागमती प्रदेशमा इलेक्ट्रीक कार, जीप, भ्यान र माइक्रोबस प्रयोग गर्नेहरुले ५० किलोवाट देखि १२५ किलोवाट सम्मका सवारी साधन राखे वापत वार्षिक १५ हजार, १२६ किलोवाटदेखि २२५ किलोवाट सम्मलाई २० हजार र २२६ किलोवाट माथि क्षमतका मोटर जडान भएका गाडीलाई ३० हजार वार्षिक कर लाग्ने व्यवस्था गरेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More