Home कर्पोरेट दराजको ‘महाबचत बजार अभियान’ सुरु

दराजको ‘महाबचत बजार अभियान’ सुरु

by अर्थन्यूज

अनलाइन सपिङ कम्पनी दराजले आजदेखि ‘दराज महाबचत बजार अभियान’ सुरु गरेको छ। अभियानको मुख्य उद्देश्य ग्राहकहरुका लागि बचत प्रबर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।

अभियान अन्तर्गत चार हजार रुपैयाँसम्मको छुट, बैंक कार्ड वा आईएमईपे मार्फत अनलाइन प्रि–पेमेन्टमा दुई हजार रुपैयाँ सम्मको छुट, एक रुपैयाँमा आइफोन–१२ जित्ने मौका, बम्पर उपहारमा म्याकबुक प्रो–१३ जित्ने मौका, निःशुल्क डेलिभारी, निःशुल्क भउचरका साथै थुप्रै अन्य पुरस्कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ।

यस अभियानका लागि नबिल बैंक, सानिमा बैंक, माछापुच्छे बैंक र एनएमबि बैंकका कार्ड भएकाहरूले प्रिपेमेन्टमा आकर्षक छुट पाउने छन्। यी बैंकका डेबिट कार्ड भएकाहरुले १५ प्रतिशत (एक हजार ५०० रुपैयाँसम्म) को छुट पाउने बताइएको छ। यस्तै क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड प्रि–पेमेन्टमा २० प्रतिशत (दुई हजार रुपैयाँसम्म) छुट पाउने छन्।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More