Home यातायात बीएसभीआई मोडलमा होन्डा ग्रेजिया स्कुटर बजारमा

बीएसभीआई मोडलमा होन्डा ग्रेजिया स्कुटर बजारमा

by अर्थन्यूज

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा ग्रेजियाको बीएसभीआई मोडल सार्वजनिक गरेको छ ।

आकर्षक र स्टाइलिस लुक रहेको १२५ सिसीको नयाँ मोडललाई व्यावहारिक फिचर थपेर रि–डिफाइन गरिएको कम्पनीले बताएको छ ।

१५५ एमएमदेखि १७१ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध छ ।

फिचर अन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टु एमप्टीजस्ता जानकारी प्राप्त गर्न सकिनेछ । होन्डाको प्रोग्राम फ्युल इन्जेक्सन टेक्नोलोजी प्रयोग भएका कारण यो स्कुटरमा बढी माइलेज र पावर रहेको कम्पनीले जनाएको छ ।

ग्रेजियाको नयाँ मोडलमा जाम भएको समय इन्धन बचत गर्न आईलिङ स्टप छ भने नयाँ बीएसभीआई एसटीडी मोडलमा इन्जिन स्टार्ट/स्टप स्विच रहेको छ । स्कुटरमा साइड स्ट्यान्ड इन्जिन अफ फिचर, एसीजीसहितको साइलेन्ट स्टार्ट, ईएसपी टेक्नोलोजीका साथ एचईटी इन्जिनलगायत विशेषता छन् ।

नेपाली बजारमा ग्रेजियाको बीएसभीआई डीआरएस मोडलको मूल्य २ लाख ६९ हजार ९००, ग्रेजियाको बीएसभीआई डीएसएस मोडलको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More