Home देश भारतसँग उडान थप्ने निर्णय

भारतसँग उडान थप्ने निर्णय

by अर्थन्यूज

सरकारले भारतसँगको उडान संख्या थप गर्ने निर्णय निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँगको उडान संख्या बढाउने निर्णय गरेको हो । यससँगै अब नेपाल–भारतबीच सातामा कूल ६ उडान हुने भएको छ । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुसार हाल सातामा दुई उडान हुँदै आएको छ । थपिएको उडान जुलाई २४ बाट कार्यान्वयनमा आउने नेपाल वायु सेवा निगमले जनाएको छ ।

निगमका अनुसार नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा साताको तीन उडान भर्ने छ । नेपाल एयरलाइन्सले सोमबार, बुधबार र शनिबार उडान गर्ने तय भएको जानकारी दिइएको छ । त्यस्तै एयर इण्डियाले नेपालमा साताको तीन उडान गर्नेछ । कोरोनाभाइरस संक्रमणका कारण भारतलगायत विभिन्न मुलुकसँगको उडान कटौती गरिएको थियो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More