Home बैंकिङ सानिमा बैक ललितपुरको भैंसेपाटीमा

सानिमा बैक ललितपुरको भैंसेपाटीमा

by अर्थन्यूज

सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उदघाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सोमबार संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन समारोहमा मह जोडीले ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्धारा बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् । बैंकको देशका सातै प्रदेशमा ८६ शाखा, १८ विस्तारित काउन्टर र ९५ एटीएम संचालनमा रहेका छन ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More