Home कर्पोरेट माछापुच्छ्रे बैंकको सहयोगमा कोरोना विशेष वार्ड

माछापुच्छ्रे बैंकको सहयोगमा कोरोना विशेष वार्ड

by अर्थन्यूज

माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने भएको छ । बैंकले हालको कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पतालमा कोरोना बिशेष वार्डको स्थापना गरिदिन लागेको हो ।

गत २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिदै गएको कारोना भाइसरको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आश्यकता महशुस गरि बैंकले सो सम्बन्धि सहमती पत्रमा हस्ताक्षर गरेको छ । कोरोना विशेष वार्ड स्थापना गर्ने सम्बन्धि सम्झौता पत्रमा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा.चन्द्रमणी अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका हुन ।

सम्झौता पश्चात बैंकले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ । बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी ३ सय ३१ स्थानवाट ९ लाख भन्दा बढि ग्राहकमा बैकिग सेवा प्रदान गर्दे आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More