Home फिचर शेयर बजारमा करेक्सन, नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट

शेयर बजारमा करेक्सन, नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट

by अर्थन्यूज

साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचकमा करेक्सन आएको छ । गत साताको बिहीबार निरन्तर बृद्धि भएको बजार आज भने ०.३० प्रतिशतले घटेर २ हजार ९८५.५७ बिन्दुमा झरेको छ ।लगातार उकालो लागेको बजार आज ९.०१ अंकले घटेर बन्द भएको छ । परिसूचकमा दिनभरी नै उतारचढाव आएर २९८५ विन्दुमा रोकिएको छ ।

आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजारभन्दा बढी कित्ता शेयर ७ अर्ब ८९ करोड ७५ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्विटी फण्ड, बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपाल लिमिटेडको भएको छ । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने बरुण र माउन्टेन हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।घटेको बजारमा आज लक्ष्मी उन्नती कोषको शेयरमूल्य १०.०४ प्रतिशत र लक्ष्मी इक्विटी फलको शेयरमूल्य १०.०१ प्रतिशतले बृद्धि भएको छ । यसैगरी बरुण हाइड्रो पावरको शेयरमूल्य ९.३९ प्रतिशत र माउन्टेन इनर्जीको ९.२८ प्रतिशतले बढेको छ ।

आज १२ प्रतिशत आईसिएफसि फाइनान्स लिमिटेड डिवेन्चर २०८३ का लगानीकर्ताहरुले सर्वाधिक बढी ६.१७ प्रतिशतले गुमाएका छन् । यो दिन कारोबार अवधिभर २१९ ओटा कम्पनीको ८४ हजार ४६८ पटकको व्यापारमा ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर खरिदबिक्री भएका छन् । बजार पूँजीकरण रकम भने ४१ खर्ब ५३ अर्ब कायम भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री अरुण कावेली पावर लिमिटेडको भएको छ । यो कम्पनीको ३८ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ५३३ रुपैयाँ कायम भएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More