Home आईपीओ एचआईडिसीएलको हकप्रदमा आवेदन खुला

एचआईडिसीएलको हकप्रदमा आवेदन खुला

by अर्थन्यूज

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन विक्री खुला गरेको हो ।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ करोड कित्ता हकप्रद निष्कासन गरेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले जेठ २८ गते शेयर दाखिला खारेजी (बुक क्लोज) गरेको थियो। यसअनुसार जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत साउन २५ गतेसम्म आवेदन दिन पाउनेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More