Home कर्पोरेट सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा माछापुच्छ्रे बैंकले कोरोना विशेष वार्ड स्थापना गरिदिने

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा माछापुच्छ्रे बैंकले कोरोना विशेष वार्ड स्थापना गरिदिने

by अर्थन्यूज

माछापुच्छ्रे बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौंको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने भएको छ । कोरोना विशेष वार्ड स्थापना गर्ने सम्बन्धि सम्झौता पत्रमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका हुन् ।

सम्झौता पश्चात बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्ने जानकरी दिएको छ । माछापुच्छ्रे बैंकले हाल १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानबाट सेवा दिँदै आएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More