Home कर्पोरेट सिभिल बैंकद्वारा ऋणपत्र विक्रीका लागि प्रत्याभूतिकर्ताहरुसँग सम्झौता

सिभिल बैंकद्वारा ऋणपत्र विक्रीका लागि प्रत्याभूतिकर्ताहरुसँग सम्झौता

by अर्थन्यूज

सिभिल बैंकले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि प्रत्याभूतिकर्ताहरुसँग सम्झौता गरेको छ । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसका लागि कम्पनीले नागरिक लगानी कोष,प्रभु क्यापिटल,ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटललाई प्रत्याभूतिकर्तामा नियुक्त गरेको हो ।

उक्त कम्पनी र प्रत्याभूतिकर्ता बीच साउन ३ गते प्रत्याभूति सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्र सर्वसाधारण र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । यद्यपि उक्त ऋणपत्र सर्वसाधारण र व्यक्तित संघ सस्थाबाट माग बमोजिम विक्री हुन सकेन भने बाँकी रहेको ऋणपत्र खरीद गर्ने दायित्व चार ओटै प्रत्याभूतिकर्ताहरुले लिनेछन् । सोही अनुसार नागरिक लगानी कोषले रू. २ अर्ब, प्रभु क्यापिटलले रू.३५ करोड,ग्लोबल आइएमई क्यापिटलले रू. ३० करोड र माछापुच्छ्रे कृति क्यापिटलले रू. ३५ करोड बरावरको ऋणपत्र प्रत्याभूति गर्ने सम्झौता गरेका हुन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More