Home आईपीओ एकैपटक खुल्यो दुई कम्पनीको आइपीओ

एकैपटक खुल्यो दुई कम्पनीको आइपीओ

by अर्थन्यूज

दुई हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक साधारण शेयर (आइपीओ) विक्री खुला गर्ने भएका छन् ।

मध्यभोटेकोशी जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ विक्रीमा ल्याएका हुन् ।

सिन्धुपाल्चोकका वासिन्दाका लागि ६० करोडको आइपीओ

मध्यभोटेकोशीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । कोरोनाका कारण स्थगित भएको आइपीओ अहिले पुनः खुलेको हो ।

निष्काशित कुल आइपीओमध्ये भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस), बाह्रविसे नगरपालिका वडा नं. ५ र ६ (साविकको गाती गाविस) र बाह्रविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ र मानेश्वर गाविस) का स्थानीयका लागि ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता (७० प्रतिशत) जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि छुट्याइएको छ ।कम्पनीको आइपीओमा स्थानीयले साउन १७ गतेसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । पहिलो चरणमा स्थानीयका लागि शेयर जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि शेयर जारी गर्नेछ ।आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More