Home कोरोना विशेष सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री खाँण

सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री खाँण

by अर्थन्यूज

गृहमन्त्री बालकृष्ण खाँडले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने बताएका छन । उनले सहकारीको बैंक तथा वित्तिय क्षेत्र जतिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका हुन । सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशिलताका आधारमा प्राथमिकतामा राख्दै खोप दिने योजना रहेको गृहमन्त्री खाँडको भनाई थियो ।

नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।’ उनले राष्ट्रिय सहकारी महासंघको टोलीसँग भेटमा सो कुरा बताएका हुन । राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समेत रहनुभएका गृहमन्त्री खाँडले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने पनि बताएका छन ।

उनले महासंघको सल्लाहकार समितिको बैठकमा आफू उपस्थित भएर आवश्यक छलफल गर्ने बताए । महासंघ अध्यक्ष मिनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानआकर्षण गराएका थिए । गृहमन्त्री खाँडले सो विषयमा कर्मचारी हुदै सबै सदस्यलाई समेत खोप दिने व्यवस्था गर्ने प्रतिवद्धता ब्यक्त गरे । महासंघका अध्यक्ष कँडेलको नेतृत्वको टोली गृहमन्त्री खाँडलाई भेटेर सफल कार्यकालको शुभकामना दिएको थियो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More