Home कर्पोरेट सूर्य नेपालद्वारा कोभिड कोषमा ५० लाख सहयोग

सूर्य नेपालद्वारा कोभिड कोषमा ५० लाख सहयोग

by अर्थन्यूज

सूर्य नेपाल प्रालिले तनहुँका दुई स्थानीय तहका ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा ५० लाख रुपैयाँ सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको कोभिड–१९ कोष मा क्रमश ३० लाख र २० लाख रुपैया गरी ५० लाख रुपैयाँ सहयोग गरेको कम्पनीले जनाएको छ । एक कार्यक्रमका बीच सूर्य नेपालका शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन । कारखाना प्रबन्धक कार्कीले सूर्य नेपालले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने उल्लेख गरे ।

कम्पनीको मानव संशाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालिन विकासको लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल तयार रहेको जानकारी दिए । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतले सूर्य नेपालले यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गरे ।

सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहुँको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा १० लाख तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाईंमा सहयोग पु¥याउन एक–एक करोड रकम प्रदान गरेको थियो । सो क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्य गर्दै आइरहेको कम्पनीले जनाएको छ । कम्पनीले गत आवमा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो । त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारको लागि सो क्षेत्रका बिभिन्न अस्पताल तथा स्थानीयबासीलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गरी कोभिड–१९ को महामारी बिरुद्धको लडाईंमा सहयोग गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More