Home बैंकिङ महालक्ष्मी विकास बैंकको गत वर्षको खुद नाफा ७३ करोड २९ लाख

महालक्ष्मी विकास बैंकको गत वर्षको खुद नाफा ७३ करोड २९ लाख

by अर्थन्यूज

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७७–०७८ मा ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी १.५० प्रतिशत र सञ्चालन मुनाफा ६७.७९ प्रतिशतले बढेको छ । वितरणयोग्य नाफा पनि बढेर ५६ करोड ३८ लाख रुपैयाँ पुगेको बैंकले जारी गरेका वित्तीय प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष १३.९५ रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी ७.९८ रुपैयाँले बढेर २१.९३ रुपैयाँ कायम भएको छ ।

यस्तै बैंकको निष्क्रिय कर्जा भने २.८ प्रतिशतले बढेर ३.३२ प्रतिशत पुगेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More