Home रोजगारी ओमनले माग्यो आर्कषक तलबमा नेपाली कामदार

ओमनले माग्यो आर्कषक तलबमा नेपाली कामदार

by अर्थन्यूज

के तपाई बेरोजगार हुनुहुन्छ, अनि बिदेश जाने सोचमा हुनुहुन्छ? तपाईका लागि ओमान एक आकर्षक गन्तब्य हुनसक्छ । ओमनले हालै केही कामदार मागेको छ । नेपाली कामदार छनौटको प्रकृयाबारे जानकारी समेत सार्वजनिक भएको छ ।

ओमानको एक कम्पनीले नेपाली कामदारको माग गरेको हो। ओमानको रेमश मस्कट इन्टरनेशनल कम्पनीले १७५ जना नेपाली पुरुष कामदारको माग गरेको हो । ओमानले क्लिनर पब्लिक बिल्डिङ र लोडिङ एन्ड अनलोडिङ वर्करका लागी १७५ जना कर्मचारीको माग गरेको छ ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । तलब खान बस्न सहित ३० हजार माथि सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले वल्र्ड वेज म्यानपावर को कार्यालय कोटेश्वर काठमाडौंमा साउन ९ र १० गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च,भिसा शुल्क र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

बिदेश जाँदा कसैको लहै लहैमा लागेर नभै कम्पनीको बारेमा बुझेर, करार पत्रमा लेखिएका कुरा राम्ररी पढेर मात्र बिदेश जानुहोला । बिदेश जानु अघि पासपोर्टको फोटोकपी, भिसा, करारनामा, मेडिकल इन्स्योरेन्सको कागजादको फोटोकपी तथा कम्पनीमा सम्पर्क गर्न सकिने मानिसको फोन नम्बर र ठेगाना घरमा परिवारका सदस्यलाई उपलब्ध गराउनु होला ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More