Home आईपीओ मुक्तिनाथ विकास बैंकको ऋणपत्र आजदेखि विक्रीमा

मुक्तिनाथ विकास बैंकको ऋणपत्र आजदेखि विक्रीमा

by अर्थन्यूज

मुक्तिनाथ विकास बैंक लिमिटेडको आजदेखि रू. १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र विक्री खुला भएको छ । बैंकले ७ वर्षे अवधिको ‘८.७५ % मुक्तिनाथ डिबेञ्चर २०८४/८५’ नामको ऋणपत्र कार्यालय अवधिपश्चात विक्री खुला गर्न लागेको हो ।

प्रतिकित्ता रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्ये रू. ५० करोड बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

सर्वसाधारणमा विक्री गरिने कुल कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएकोमा १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकको भनाइ छ ।

यो ऋणपत्र खरीदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनु पर्नेछ । उक्त अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन २१ गतेसम्म ऋणपत्र विक्री गर्ने जानकारी बैंकले गराएको छ । ऋणपत्र खरीद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो ऋणपत्रलाई केयर रेटिङ नेपालले मध्यम कर्जा जोखिमको संकेत गर्ने  ‘केयर एनपी त्रिपल बी आईएस’ रेटिङ प्रदान गरेको छ । बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More